त्रिशूली । विदुर नगरपालिकाले कर असुलीलाई सरल, सहज र प्रभावकारी बनाउनको लागी थप स्थानबाट कर असुलीको नीति लिएको छ ।
यही क्रममा वडा नंं ९ कोलनी स्थित इन्टेकबाट पनि कर असुली सुरु गर्न लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार यही फागुन ११ गतेदेखि लागू हुने गरेर कोलनी इन्टेकबाट व्यवसायिक कर संकलन गर्न लागिएको छ । नगरपालिकाको निर्णय अनुसार वडा नं. ९ को कार्यालयले सूचना प्रकाशन गरेर यस सम्बन्धि जानकारी दिएको छ ।
सेवाग्राहीले दिनुपर्ने ब्यावसायिक कर बुझाउन सरल, सहज एंव प्रभावकारी बनाउन सुरु गर्न लागिएको कर असुली कार्यलाई सहयोग पुर्याउन ९ नं. अध्यक्ष हरेराम भण्डारीले सूचना मार्फत आग्रह गर्नुभएको छ ।

22.12¡ÆC