
विदुर । सञ्चारिका समूह नेपाल, जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पत्रकार शक्तिमाया तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
बिबिसी नेपाली सेवा, रेडियो चिम्टेश्वर लगायतमा आबद्ध हुनुभएका पत्रकार तामाङ सञ्चारिका समूह नेपालको नुवाकोट अध्यक्षमा चयन हुनुभएको हो । पहिलो पटक गठन भएको समितिमा तामाङ सहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।
बुधबार विुरमा भएको अन्तरक्रिया सहितको जिल्ला भेलाले उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने र कोषाध्यक्षमा प्रितिका थापालाई चयन गरेको छ ।
सदस्यहरुमा रेडियो चिम्टेश्वरको कार्यक्रम संयोजक बिनिता पनेरु र पार्वती विक सदस्यमा चयन भएको नयाँ कार्यसमित गठन प्रयोजनको लागी नुवाकोटको लागी तोकिएको प्रतिनिधि आत्मा गुरागाईले जानकारी दिनुभयो ।
14.67¡ÆC