शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

माघ २७, २०८१ 2025-02-09 मा प्रकाशित
Published at 2025-02-09

88 views

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.४९ अङ्कले घटेर २ हजार ६ सय ८८.३१ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । बजार दोहोरो अङ्कले घटेको दिन सेन्ट्रल फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज शेयर कारोबार रकम पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ९ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ३ सय ५ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.