अध्यक्ष अधिकारीको निर्देशनमा पालिकाभित्रका पसलमा छड्के अनुगमन, गुणस्तरहिन खाद्य तथा पेयपदार्थ जफत, कारबाहीको चेतावनी

माघ २१, २०८१ मा प्रकाशित | 428 views

अध्यक्ष अधिकारीको निर्देशनमा पालिकाभित्रका पसलमा छड्के अनुगमन, गुणस्तरहिन खाद्य तथा पेयपदार्थ जफत, कारबाहीको चेतावनी

दाङसिङ । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)को निर्देशनमा सामाजिक पञ्जीकरणशाखाका प्रमुख उज्ज्वल लामिछाने सहित गाउँ प्रहरीको टोलीले सोमबार वडा नं का पसलहरूकोछड्के अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा म्याद गुज्रिएका, कुहिएका बिग्रिएका खाद्य तथा पेय पदार्थहरु जफत गरेको

अध्यक्ष अधिकारीले म्याद गएका, अखाद्य तथा गु्णस्तरहीन खाद्य पदार्थको बिक्री वितरण नगर्न विगतमादिएको निर्देशनलाई पुनः स्मरण गराउँदै तत्कालै यस्ता पदार्थ हटाएर सफा स्वच्छ वातावणमा गुणस्तरीयखाद्य सामग्रीको मात्रै व्यापार गर्न गाउँपालिकाभरिका सम्पूर्ण पसल तथा व्यवसायीहरूलाई निर्देशन दिनुभयो ।

यस्तै, सबै पसल व्यवसायलाई गाउँपालिकामा सूचीकृत गरेर मात्रै सञ्चालन गर्न उहाँले सचेत गराउनुभयो ।

अध्यक्ष अधिकारीले स्थानीय सरकारको निर्देशनलाई अटेरी गरी गुणस्तरहिन खाद्य पदार्थ बेच्ने जनस्वास्थ्यमा खेलवाड गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिनुभएको

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web