
त्रिशूली । नुवाकोटको त्रिशुली अस्पताल नुवाकोटमा ENT (नाक,कान र घाटी) सम्बन्धी समस्याको शल्यक्रिया सेवा सुरु भएको छ ।
अस्पतालका निर्देशक डा.राजेन्द्र लामाको अनुसार शनिबार (२०८१ साल माघ १९ गते) त्रिशुली अस्पतालमा पहिलो पटक दूरबीनद्वारा कानको जालीको शल्यक्रिया गरिएको हो ।
यो सगै यस सेवा (नाक कान घाँटी सम्बन्धी शल्यक्रिया) अबदेखि नियमित सञ्चालन हुनेछ । अस्पतालले दुई महिना अघिदेखि ENT सर्जन डा. सुदिन कायस्थ मार्फत निःशुल्क OPD सेवा सञ्चालनमा ल्याइएको थियो ।
यो पनि पढ्नुहोस् :
त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध
२६ मंसिर, २०८१,
त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ ।उक्त सेवा निःशुल्क गरिएको छ ।
एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँजानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रुपमा सञ्चालन हुने गरी सेवा सुरु गरेकोअस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो । उहाँका अनुसार विशिष्टकृत सेवा विस्तारकोक्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।
“नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेसिक सरकारी अस्पतालमानाक, कान र घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको छ”, उहाँलेभन्नुभयो “बहिरंग सेवा (ओपिडी) निःशुल्क गरिएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमासेवा दिने योजना छ ।”
अहिले पाक्षिक रुपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएकारोगका समस्याको शल्यक्रिया समेत समेत उपलब्ध गराउन लागिएको छ । निःशुल्क विशेषज्ञ सेवाअस्पतालको आन्तरिक स्रोत र माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हुँदा शल्यक्रियागर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सकसँग सहमतिमाआवश्यक तयारी अघि बढाइएको छ ।
ओपिडी चाँचबाट पहिचान भएकामध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको रनाकमा मासु पलाएकालगायतका नाक, कान र घाटीको रोगसँग सम्बन्धित शल्यक्रिया सेवा समेत उपलब्धगराउन लागिएको हुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रुपमा समेत सहुलियतहुने अस्पतालका निर्देशक डा.लामाको भनाइ छ ।