त्रिशूली अस्पतालमा दूरबीनद्वारा कानको जालीको शल्यक्रिया सेवा सुरु

त्रिशूली । नुवाकोटको त्रिशुली अस्पताल नुवाकोटमा ENT (नाक,कान र घाटी) सम्बन्धी समस्याको शल्यक्रिया सेवा सुरु भएको छ ।

अस्पतालका निर्देशक डा.राजेन्द्र लामाको अनुसार शनिबार (२०८१ साल माघ १९ गते) त्रिशुली अस्पतालमा पहिलो पटक दूरबीनद्वारा कानको जालीको शल्यक्रिया गरिएको हो ।

यो सगै यस सेवा (नाक कान घाँटी सम्बन्धी शल्यक्रिया) अबदेखि नियमित सञ्चालन हुनेछ । अस्पतालले दुई महिना अघिदेखि ENT सर्जन डा. सुदिन कायस्थ मार्फत निःशुल्क OPD सेवा सञ्चालनमा ल्याइएको थियो ।

यो पनि पढ्नुहोस् :

त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध

२६ मंसिर, २०८१,

त्रिशूली अस्पताल नुवाकोटले नाक, कान घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको उक्त सेवा निःशुल्क गरिएको

एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँजानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रुपमा सञ्चालन हुने गरी सेवा सुरु गरेकोअस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो उहाँका अनुसार विशिष्टकृत सेवा विस्तारकोक्रममा नाक, कान घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो

नुवाकोटसहित रसुवा धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेसिक सरकारी अस्पतालमानाक, कान घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको ”, उहाँलेभन्नुभयोबहिरंग सेवा (ओपिडी) निःशुल्क गरिएको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमासेवा दिने योजना

अहिले पाक्षिक रुपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएकारोगका समस्याको शल्यक्रिया समेत समेत उपलब्ध गराउन लागिएको निःशुल्क विशेषज्ञ सेवाअस्पतालको आन्तरिक स्रोत माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हुँदा शल्यक्रियागर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सकसँग सहमतिमाआवश्यक तयारी अघि बढाइएको

ओपिडी चाँचबाट पहिचान भएकामध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको नाकमा मासु पलाएकालगायतका नाक, कान घाटीको रोगसँग सम्बन्धित शल्यक्रिया सेवा समेत उपलब्धगराउन लागिएको हुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य आर्थिक रुपमा समेत सहुलियतहुने अस्पतालका निर्देशक डा.लामाको भनाइ

प्रतिक्रिया

TOP