तारकेश्वर गाउँपालिकामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ लोकप्रिय

माघ ५, २०८१ मा प्रकाशित | 625 views


त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिकाको ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ चार वटा वडा (१,२,३ र ४) मा सम्पन्न भएको छ । बाँकी दुई वडामा आइतबार र सोमबार कार्यक्रम हुँदै छ ।

अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले ३/३ महिनामा पालिकाभरका ज्येष्ठ नागरिकहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरी औषधी वितरण र सँगसँगै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । वृद्धावस्थामा नियमित स्वास्थ्य परीक्षण भइरहने, नि:शुल्क औषधि र परामर्श पाइने र भत्ता लिन बैंकसम्म धाउन पनि नपर्ने भएकाले बाआमाहरूमाझ यो कार्यक्रम निकै लोकप्रिय भएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बा-आमाहरूको सेवामा आफूले सुरु गरेको कार्यक्रम लोकप्रिय भइरहेकोमा खुसी व्यक्त गर्दै यसलाई अझै भव्य, व्यवस्थित र प्रभावकारी बनाउने योजना रहेको बताउनुभएको छ ।

तारकेश्वर गाँउपालिकामा अध्यक्षमा निर्वाचित भएपश्चात अध्यक्ष अधिकारीले पालिकाबाट प्रवाह हुने नियमित सेवा संगसगैँ अध्यक्षले सिधै आम नागरिकसंग प्रत्यक्ष साक्षात्कार गर्ने अवसरको रुपमा समेत लिने गरेर अध्यक्षसंग बाआमा कार्यक्रम, अध्यक्षसंग बालबालिका कार्यक्रम, अध्यक्षसंग अभिभावक–विद्याथी कार्यक्रम लगायतका कार्यक्रमहरु अहिले निकै लोकप्रिय हुदै आइरहेका छन् ।

यही कार्यक्रमको माध्यमबाट अध्यक्ष अधिकारीले नियमित रुपमा पालिकाबासीको घरदैलोमा पुग्ने, पालिकाबासीको स–साना विषयमा गुनासो सुन्ने तथा उहाहरुको राय, सुझाब एंव प्रतिक्रिया संकलन गरेर सोही अनुसार आफ्नो पालिकाको सेवा प्रवाहलाई सुधार, प्रभावकारी र लोकप्रिय बन्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web