इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने

माघ ३, २०८१ 2025-01-16 मा प्रकाशित
Published at 2025-01-16

71 views

काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । गएको १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आउँदो आइतवारदेखि लागू हुने बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाबाट इजरायली सेना फिर्ता गर्ने र हमासले बन्दी बनाएका सबै बन्धकहरूलाई रिहा गर्ने सर्तसहित पूर्ण युद्धविराम सम्झौता भएको पुष्टि गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस द्वन्द्वका पीडित र प्रभावितको ठूलो पीडा कम गर्नु पहिलो प्राथमिकता रहेको भन्दै प्यालेस्टाइनीहरूलाई थप सहायता सामग्री तथा सहयोग बढाउने बताउनुभएको खबरमा उल्लेख छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा झण्डै एक हजार दुई सय मानिसहरूको ज्यान गएको थियो । दुई सय ५१ जनालाई गाजामा बन्धक बनाएको थियो । ९४ जना अझै पनि हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान छ ।

गएको अक्टोबरमा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध शुरू गरेको थियो । यो युद्धमा अहिलेसम्म ४६ हजारभन्दा धेरै प्यालेस्टाइनीहरू मारिएका हमासले सञ्चालन गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.