गच्छदारलाई सरकारमा नलगिने,कांग्रेसबाट ‘निधिको नेतृत्व’

साउन ११, २०७३ मा प्रकाशित | 647 views

काठमाडौं,साउन ११ । कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चालाई विश्वासमा लिनकै लागि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा नलिने भएका छन् । गच्छदार नेतृत्वको पार्टीलाई सरकारमा ल्याउँदा मधेसी मोर्चा भडकन सक्ने भएकाले कांग्रेस–माओवादीले राप्रपा र केही साना दललाई मात्र समेटेर सरकार निर्माण गर्ने गृहकार्य थालेका हुन् । फोरम लोकतान्त्रिकले अन्तिम घडीमा केपी ओली नेतृत्वको सरकार छाडेको थियो कान्तिपुर दैनिकमा समाचार छ।

कांग्रेस–माओवादीसँग केही दिनअघि सिंहदरबारमा बसेको बैठकमा गच्छदारलाई सरकारमा लैजान नहुने सर्त मधेसी मोर्चाका नेताहरूले राखेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आइतबारको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिँदै सरकारमा नल्याउन चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाउनेमा कांग्रेस र माओवादीसहित १६ दल छन्, जसमा मोर्चा सम्मिलित सात दल छन् । कांग्रेस र माओवादीको प्राथमिकता मधेसी मोर्चालाई नै सरकारमा ल्याउनेमा छ । सुरुकै चरणमा मोर्चा सहभागी नभए पनि पछि आउने विश्वास उनीहरूको छ ।

कांग्रेसबाट ‘निधिको नेतृत्व’

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने सरकारमा पार्टीको तर्फबाट नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलामध्ये एकलाई नेतृत्व दिएर पठाउने सम्भावना छ।

कांग्रेस र माओवादी गठबन्धन निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निधि आफैंले पार्टीको नेतृत्व गरेर जाने इच्छा देखाएका छन्। अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले पनि त्यस्तै इच्छा राख्दै आएका छन्। तर, देउवाको रोजाइ निधि या सिटौलामध्ये एक रहेको स्रोतको दाबी छ ।

पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न सजिलो हुने गरी देउवाले मन्त्री छनोट सुरु गरेका छन्।निधिसँगै नेताहरू खुमबहादुर खडका, पूर्णबहादुर खडका, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँडलाई सरकार या पार्टीमा व्यवस्थापन गर्ने तयारीमा देउवा लागेका छन् ।

प्रचण्ड नयाँ अनुहार छान्दै

माओवादी केन्द्रका अध्यक्ष एवं प्रस्तावित प्रधानमन्त्री प्रचण्डले पनि पार्टीभित्र मन्त्रीहरू छान्न थालेका छन्। दाहाल तत्कालीन ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई नपठाई यस पटक नयाँ अनुहार लैजाने तयारीमा रहेको माओवादीका एक नेताले बताए। उपप्रधानसहित अर्थमन्त्रीमा कृष्णबहादुर महरा जाने चर्चा माओवादीमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web