पुस मसान्तभित्र कर बुझाउन राजस्व विभागको ताकेता

पुस २७, २०८१ मा प्रकाशित | 327 views


काठमाडौँ । आन्तरिक राजस्व विभागले पुस मसान्त अर्थात पर्सि सोमवारभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ ।

विभागले आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो ।

आयकर ऐन अनुसार यस आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र त्यस विवरणअनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web