१० साउन, काठमाडौं ।

केहि दिनदेखि जारी बर्षाका कारण देशका बिभिन्न भाग जलमग्न भएको छ ।

लगातारको बर्षाले उदयपुरका दुई दर्जनभन्दा बढी घर र मोरङका छ सय परिवार बिस्थापित भएका छन् ।

बर्षाकै कारण झापामा झण्डै ९ सय घरपरिवार बिस्थापित भएका र झापाका मेची कनकाई रतुवा लगायतका नदीहरुमा ठुलो बाढी आएको छ ।

महाकाली नदीमा पानीको सतह बढेपछि बैतडीको तल्लो स्वराढ क्षेत्रका घाटहरु बन्द भएको छ ।

पानीको बहाब बढेपछि सप्तकोशी व्यारेजका ५६ मध्ये ३० वटा ढोका खुल्ला गरेको छ ।

कमला नदीको बाढीले मेला भर्न गएका चार जनालाई बगाएको छ ।

बेपत्ता हुनेमध्ये महोत्तरी बर्दीबासका २१ बर्षिय मनोज योगी मृत फेला परेको छ भने अन्य ३ जनाको खोजी कार्य जारी छ ।

यसैगरी उदयपुरको पूर्वी गाविस रामपुरठोक्सिलामा खोलाले बगाउदाँ एक महिलाको मृत्यु भएको छ भने तिन घर र चौपाया समेत बगाएको छ ।

स्थानीय गुहे खेलाको बाढीले बगाउदाँ सोमबार ठोक्सिला– २ खोरिया टोल बस्ने ४० बर्षिय कालिमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ठोक्सीला १ डुडखोलाले तिन वटा घर बगाएको छ । खोलाको छेउमै रहेको जगत बहादुर राई लगायतको ३ घर बगाएको छ ।

यस्तै सप्तरी जिल्लामा बाढीबाट अति प्रभावित तीन गाविसका एक हजार भन्दा बढी घरपरिवारालई राहत वितरण गरेको छ ।

जिल्ला विकास समिति सप्तरीको सहयोगमा जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले बाढीबाट अति प्रभावित सकरपुरा, कोलाडी बसाइन र बिषहरिका गरी करिब एक हजारभन्दा बढी घर परिवारलाई राहत स्वरुप भूजा, चिउरा, भुजिया र नुन वितरण गरेकोे प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहभागितामा राहत वितरण गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

सप्तरीमापनि बाढीले बगाएर एकजना युवकको मृत्यु भएको छ ।

खडो खोलामा आएको बाढीले गर्दा गर्दा कुनौली सडक खण्ड कटान भएपछि बाटो हिंडिरहेको २३ बर्षिय युवाक मोरङ्ग जतुवा ५ बस्ने सुजित कुमार यादव कटानलाई पारगर्न खोज्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

17.12¡ÆC