नुवाकोटका पत्रकार धुव्र रावल ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट सम्मानित हुदै

पुस १९, २०८१ मा प्रकाशित | 416 views

काठमाडौ । सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ बाट पत्रकार ध्रुवकुमार रावललाई प्रदान गर्ने निर्णय गरेको छ। समाजले नुवाकोटबाट प्रकाशन हुने यो समय अनलाईन पत्रिकाका प्रधानसम्पादक समेत रनुभएका नुवाकोटका बरिष्ठ पत्रकार रावललाई पुरस्कृत गर्ने निर्णय गरेको महासचिव श्यामकाजी डोटेलले जानकारी दिनुभयो ।

नुवाकोटलाई कार्यक्षेत्र बनाएर काम गर्दै आउनुभएका पत्रकार रावलले करीब २५ वर्ष यस क्षेत्रमा बिताईसक्नुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घको निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ ।

उहाँले २०५७ सालमा रेडियो नेपालबाट राष्ट्रियस्तरका सञ्चारमाध्यम राजधानी दैनिक, नयाँ पत्रिका दैनिक, ईमेज च्यानल र सगरमाथा टेलिभिजन लगायतमा जिल्ला सम्वाददाताको रुप काम गरेको समेत अनुभव छ ।

उहाँले नै नुवाकोटमा पहिलो रङ्गिन पत्रिका त्रिशूली खबर साप्ताहिकको संस्थापक सम्पादक तथा प्रकाशकको रुपमा जिल्लाको पत्रकारितामा नविनतम कार्यको थालनी गर्नुभएको थियो ।

यसैबीच, सम्पादक समाज नेपालले नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष डिबी विष्टलाई पनि यस वर्षको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिने जनाएको छ । पत्रकार विष्ट बझाङबाट राजधानी दैनिकको जिल्ला सम्वाददाताको रुपमा कार्य गर्दै आईरहेका छन् ।

पर्वतबाट प्रसारण हुने महिलाहरुद्वारा सञ्चालित सामुदायिक रेडियो ९५.२ मेगाहर्जलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिने संस्थाले निर्णय गरेको छ ।

संस्थागत र व्यक्तिगतरुपमा प्रदान गरिने पुरस्कार राशी क्रमश २५ हजार एक र १५ हजार एक रुपैँया रहेको छ। संस्थाले वरिष्ठ पत्रकार युवराज घिमिरेलाई सम्पादक समाज नेपाल सम्मान २०८१ द्वारा सम्मानित गर्ने निर्णय गरेको छ । संस्थाको संस्थापक स्व। गोविन्द वियोगीका धर्मपत्नी कृष्णवदन वैद्यलाई सम्मान गरिने जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरस्थित संस्थाले आफ्नै भवनमा यहि माघ ५ गते शनिवारका दिन पुरस्कार र सम्मान हस्तान्तरण गरिने महासचिव डोटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web