इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ जनाको मृत्यु

पुस १९, २०८१ मा प्रकाशित | 496 views


काठमाडौँ । दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको ज्यान गएको हो । इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको अल–मावासीमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

हमासको आन्तरिक मन्त्रालयले प्रहरी महानिर्देशक महमुद सलाह र उहाँका सहयोगी हसम शाहवानले मानवीय र राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको समयमा आक्रमण भएको दाबी गरेको छ । यो आक्रमण उनीहरुलाई लक्षित गरेर योजनाबद्ध हत्या भएको हमासको आरोप छ ।

इजरायली सेनाले भने उनीहरुले गाजामा आफूहरुमाथि हमासको सैन्य शाखाको योजना बनाउन मद्दत गरेको आरोप लगाएको छ ।

गाजामा सन् २०२३ , अक्टोबर ७ देखि अहिलेसम्म ४५ हजार पाँच सय ८० भन्दा धेरै मानिस मारिएका गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web