चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

पुस १५, २०८१ मा प्रकाशित | 249 views


काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ ।

फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको मच्छिन्द्रले पाँच लाख पाँच ५५ रुपैयाँ प्राप्त गरेको हो । प्रतियोगितामा ए डिभिजन लिगका चारसहित १० वटा टोली सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web