सन्तानको रहर पुग्यो ? नुवाकोटमा चल्दै छ स्थायी बन्ध्याकरण शिविर

पुस १२, २०८१ मा प्रकाशित | 403 views


त्रिशूली । जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा नुवाकोटमा विभिन्न ८ स्थानमा स्याथी बन्ध्याकरण शिविरको आयोजना गरिएको छ ।

सन्तानको रहर पूरा भएका दम्पत्तिलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हुदाँ सेवाको लाभ लिन जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार जिल्लाका स्थानीयतहको समन्वय र परिवार नियोजन संघ नेपालको प्राविधिक सहयोगमा निःशुल्क सञ्चालन हुने शिविर पुस १३ गतेदेखि पुस २३ गतेसम्म भिन्न भिन्न ८ स्थानमा चल्नेछ ।

शिविरमा पुरुषहरुको लागी भ्यासेक्टोमी र महिलाहरुको लागी मिनील्याप सेवा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web