१० साउन, टोकियो ।
जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले अगष्ट ६ र ७ तारिखमा जापानमा हुन लागेको नेपाल डे फेस्टिवल सफल पार्न सबै मिलेर लाग्नु पर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा नेपाली दूतावासबाट नेपाल फेस्टिवल सफल बनाउन सहयोग नभएको भन्ने गुनासोलाई सम्वोधन गर्दै कावा राजदूत राजभण्डारीले ५ बुँदामा आफुले र राजदूतावासले गरेको काम र प्रक्रियाबारे उल्लेख गर्दै जापानमा रहेका सबै नेपालीहरुलाई समेत नेपाल डे फेस्टिवल सफल पार्न सहयोग गर्न र एकजुट हुन आग्रह गर्नुभएको छ ।

यस्तो छ कावा राजदूत राजभण्डारीले नेपाल डे फेस्टिवल सफल पार्न अनुरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको आग्रह

सन्दर्भ नेपाल फेस्टिवल 2016 को
यही अगष्ट 6 र 7, 2016 मा हुन गैरहेको
नेपाल फेस्टिवललाई भव्यतापूर्वक सम्पन्न गर्नको लागि सबैले आ-आफ्नो
स्थानबाट जिम्मेवारीपूर्वक लाग्नु आजको प्रमुख आवश्यकता हो ।

फेस्टिवलको अन्तिम घडीमा कहिले जापानका नेपाली पत्रकार / मिडियाले साथ
दिएनन्, कहिले जापानका संघ/ संस्था, राजनैतिक पार्टीका साथीहरुले वास्ता
गरेनन्, समाजका अगुवाले साथ दिएनन्, कहिले आफ्नै कार्यसमितिका पदाधिकारीहरुले सहयोग गरेनन् भन्दै गुनासो तथा विलौना गर्नुको साटो कसरी
सम्पूर्ण संस्था तथा सरोकारवालाहरुलाई यस पवित्र कार्यमा सम्मिलित गरेर लान
सकिन्छ, त्यसतर्फ बुद्धिमतापूर्वक लाग्नु आजको अपरिहार्य आवश्यकता हो ।

दुतावासले नेपाल र नेपालीको प्रतिष्ठा जोडिएको यस फेस्टिवललाई गम्भीर रुपमा लिई ठूलो महत्व दिएको विदितै छ ।

1. दुतावासको अग्रसरतामा जापानका सम्पूर्ण नेपालीको सहयोगमा आयोजित THANK
YOU JAPAN कार्यक्रममा नेपाल फेस्टिवललाई अत्यन्त महत्वका साथ 30000
पोष्टकार्डमा स्थान दिइएको सबैलाइ प्रष्ट छ ।

2. दुतावासले June 10,
2016 मा जापानको सम्बन्धित निकायमा पत्र लेखि यस कार्यक्रमलाई सहयोग गर्न
अनुरोध गरेको थियो । दुखको कुरा, दुतावासले पत्र लेख्नु अघि दुतावासलाई
आवश्यक पत्र पटक पटक ताकेता गर्दा समेत सम्बन्धित निकायबाट हालसम्म प्राप्त
भएको छैन ।

3. नेपाल फेस्टिवलमा जापानी अतिथिहरुलाई निमन्त्रणा गर्ने
विषयमा सम्बन्धित पदाधिकारीहरुलाई पटक पटक कार्यक्रमको Detailed Time
Schedule/ Program उपलब्ध गराउन अनुरोध गर्दा समेत हालसम्म नेपाल फेस्टिवल
सम्बन्धी एउटा चिट्ठी समेत दुतावासमा प्राप्त भएको छैन । स्मरणीय छ, जापानी
अतिथि निमन्त्रणा गर्ने छुट्टै प्रकृया छ, लिखित कागजातबिना दुतावासले
कार्य अगाडि बढाउन अव्यवहारिक/ असमर्थ हुन्छ ।

4. नेपाल फेस्टिवलको निमित्त आवश्यक प्रचारप्रसार हेतु दुतावासको Website मा समेत आवश्यक जानकारी राखि प्रचारप्रसार गरिदै आएको छ ।

5. दुतावासमा अनुरोध गर्ने छुट्टै प्रकृया छ, लिखित कागजात उपलब्ध नगराउने
अनि फोन गरेर काम भयो भनी अह्राउने प्रवृति तथा मानसिकताबाट माथि उठ्न
जरुरी छ ।

अबको मुख्य काम भनेको देश देश भनेर सामाजिक संजालमा विलौना
गर्नु भन्दा देशको निमित्त काम गर्ने, अरुलाइ दोष थोपर्नु भन्दा जिम्मेवार
पदाधिकारीको हैसियतले लामो समय जापानमा बसेर सिक्नुपर्ने ज्ञान – जस्तै
समयमै Plan गर्ने, शिष्ट, शालिन भद्र भइ आफ्नो कुरा संस्थागत रुपमा राख्दै
सम्पूर्ण संस्था तथा अग्रजहरुबाट सुझाव लिइ सबैलाई सम्मिलित गरी नेपाल
फेस्टिवल सफल बनाउन युद्धस्तरमा लाग्ने हो ।

महत्वपूर्ण समयमा काम
गर्नुभन्दा सामाजिक संजालमा विलौना गरी अरुलाई दोष थोपर्ने कार्य जिम्मेवार
संस्थाको जिम्मेवार पदाधिकारीलाई किमार्थ सुहाउने विषय हैन । अत: यस
महत्वपूर्ण समयमा “पद भनेको जिम्मेवारी हो” भन्ने मर्मलाई आत्मसाथ गर्दै
आफू तथा आफ्नो संस्थाको गरिमालाई उच्च बनाउने तर्फ ध्यान दिनु अपरिहार्य छ ।
यस महत्वपूर्ण घडीमा अरुलाइ दोष थोपर्ने, मिलेर बसेको नेपाली समाजलाई
विभाजित बनाउने कार्य नगर्न अनुरोध छ ।

नेपाल र नेपालीको प्रतिष्ठा
जोडिएको यस फेस्टिवललाई सफल बनाउन गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग तथा
समन्वय गर्न दुतावास सदा तत्पर छ ।

हामीलाई जापानको नेपाली समाज तथा
यहाँ बसोवास गर्ने नेपाली माथि गर्व छ; र साथै पूर्ण विश्वास छ कि THANK
YOU JAPAN कार्यक्रम जस्तै नेपाल फेस्टिवल पनि जापानवासी सम्पूर्ण नेपालीको
साथ तथा सहयोगमा शव्य तथा भव्य रुपमा सफल हुनेछ । यसको निमित्त दुतावास
सम्पूर्ण सहयोग तथा समन्वय गर्न सदा तत्पर छ ।
सफल नेपाल फेस्टिवलको हार्दिक शुभकामना ।।।।
आऔं, सबै मिली नेपाल र नेपालीको यस फेस्टिवललाई सफल बनाऔं ।।।

16.92¡ÆC