नेपाल फेस्टिवलमा दुतावासबाट सहयोग नपाएको एनआरएन जापानको गुनासो

साउन १०, २०७३ मा प्रकाशित | 1048 views

१० साउन, टोकियो ।
आउँदो अगष्ट ६ र ७ तारिखमा जापानमा हुन लागेको नेपाल डे फेस्टिवलको तयारी तिव्र भइरहँदा नेपाली दुतावास जापानबाट सक्दो सहयोग नपाएको एनआरएन जापानले गुनासो गरेको छ ।

गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाले सामाजिक सञ्जाल फेसबुकमा नै लेखेर दुतावासबाट अपेक्षा गरे अनुसार सहयोग नपाएको बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार दुतावासले नेपालको गर्वसँग जोडिएको विषयमा सक्दो सहयोग नगरेको भन्दै अध्यक्ष थापाले यस्तो लेख्नुभएको छ
जापानमा बृहत छलफल तथा बहस गर्न जरुरि छ ,नेपाली राजदुताबास टोकियो को नेपाल र नेपाली को गर्ब ,प्रतिष्ठा संग प्रत्यक्ष सरोकार राख्ने नेपाल फेस्टिबलमा कस्तो भूमिका रहनु पर्छ भन्ने बारे !!
सन्दर्भ स् नेपाल फेस्टिबल २०१६
आउनुहोस !
अब जिम्मेवारी तपाई हामी सबै मा हातेमालो गरौ !!
नेपाली हुनुमा गर्ब गरौ !!!
नेपाल फेस्टिबल २०१६ सफल बनाऊ !!!!

यसैगरि थापाले अर्को एक स्टाटस लेख्दै आफुहरुले देश भनेर नेपालको पर्यटन र प्रचारको लागि भनेर दिनरात खटिएर काम गर्दा समेत दुतावासले फेसबुकबाट मात्र प्रचार गरेर सक्दो सहयोग नगरेको भन्दै यस्तो लेख्नुभएको छ ।

हामी देश देश भनेर ! अथिति देबो भब स् नारा सहितको नेपाल फेस्टिवल सफल गर्नु पर्छ , नेपाल जापान कुटनितिक सम्बन्ध को ६०औ बर्ष गाठ व्यापक रुपमा मनाउनु पर्छ भनेर कम्मर कसेर लागेका जापान बासी हामी नेपाली तर बिडम्बना सम्बन्धित निकाय राजदुताबास टोकियो मौन दर्शक !!!
कि फेशबुक मै मात्र मनाउने हो कि नेपाल फेस्टिवल र ६०औ वर्ष गाठ ?
सम्बन्धित निकायको समयमै ध्यान जाओस !!!

सामाजिक सञ्जालमा दुतावासबाट कस्तो सहयोग नपाएको भन्ने स्पष्ट नखुलाउनुभएपनि एनआरएन अध्यक्ष थापाले सबै नेपालीले हातेमालो गरेर नेपाल डे फेस्टिवल सफल पार्न लाग्न र हातेमालो गर्न सबै नेपालीहरुसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web