कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

पुस ४, २०८१ 2024-12-19 मा प्रकाशित
Published at 2024-12-19

48 views

काठमाडौँ । कर्णाली याक्सलाई हराउँदै जनकपुर बाेल्ट्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।

आज भएकाे दाेस्राे क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायाे । कर्णालीले दिएकाे १ सय १९ रनकाे लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायाे । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायाे । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र माेहम्मद माेहसिनले २/२ विकेट लिए ।

अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । सुदूरपश्चिमले पहिलाे क्वालिफायरमा हिजाे जनकपुरलाई हराउँदै फाइनलमा पुगेकाे थियाे । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको हाे ।

हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियाे । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.