एनपीएलमा चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

पुस ३, २०८१ 2024-12-18 मा प्रकाशित
Published at 2024-12-18

89 views

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो ।

कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले १० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २÷२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२, चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.