नेपाल प्रिमियर लिग मा आज प्लेअफका दुई वटा खेल हुँदै

पुस ३, २०८१ 2024-12-18 मा प्रकाशित
Published at 2024-12-18

71 views

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन् याे एलिमिनेटरकाे पहिलाे खेल हाे । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

यस्तै आजको दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.