सुनको मूल्य एकैदिन दुई हजारले बढ्यो

मंसिर २६, २०८१ मा प्रकाशित | 289 views


काठमाडौँ । सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले बढेको छ । सुन आज दुई हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो । सरकारले सुनमा लाग्ने आयातमा भन्सार महसूल घटाएसँगै घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको छ ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदी हिजोको जस्तै तोलाको एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web