‘नुवाकोट स्मारिका’ लोकार्पण

मंसिर २३, २०८१ 2024-12-08 मा प्रकाशित
Published at 2024-12-08

150 views

त्रिशूली । राष्ट्रसेवक कर्मचारीहरुको छाता संगठन कर्मचारी मिलन केन्द्र नुवाकोटले प्रकाशन गरेको 'नुवाकोट स्मारिका' लोकार्पण गरिएको छ ।

मिलन केन्द्रले प्रकाशन गरेको उक्त स्मारिकाको बिहीबार विदुरमा मिलन केन्द्रका प्रमुख संरक्षक समेत रहनुभएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीबाट लोकार्पण गरिएको हो ।

राष्ट्रसेवक कर्मचारीसंग सम्बद्ध रहेका विभिन्न जानकारीमूलक तथा सन्देशमूलक सामाग्रिको सग्रह प्रकाशनले राष्ट्रसेवक कर्मचारीमा उत्साह, मनोबल बृद्धि गर्दै दस्तावेजको रुपमा तयार गरेको सामाग्रि निकै प्रभावकारी रहेको प्रजिअ अधिकारीको भनाई छ ।

मिलन केन्द्र, नुवाकोटका अध्यक्ष एंवम डिभिजन वन कार्यालय नुवाकोटको डिभिवजन वन अधिकृत रोशना पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नुवाकोट जिल्लामा सेवा गर्न आउनुभएका कर्मचारीलाई स्वागत र सरुवा भएर जानेलाई मायाको चिनो सहित भेरी भेटौला (बिदाई) समेत गरिएको थियो ।

कर्मचारी मिलन केन्द्रले नुवाकोट स्मारिका प्रकाशन सहित विभिन्न दिवस, अवसर प्राप्त जिम्मेवारी अनुसारको रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।

-रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.