क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले सर्वसम्मत निर्वाचित

मंसिर १५, २०८१ 2024-11-30 मा प्रकाशित
Published at 2024-11-30

90 views

त्रिशूली । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित भएका छन् । शनिबार बट्टारमा भएको महासङ्घ, नुवाकोटको तेस्रो जिल्ला अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यहाँको अध्यक्षतमा सात सदस्यीय कार्यसमिति गठन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा तारा रिमाल (नेपाल), सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजय नगरकोटी र सहसचिवमा विशाल सापकोटा चयन हुनुभएको छ ।  यस्तै, महासङ्घको सदस्यहरुमा रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे सर्वसम्मत चयन हुनुभयो ।

निर्वाचित पदाधिकारीलाई क्यान महासङ्घका केन्द्रीय महासचिव चिरन्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल र क्यान महासङ्घ नुवाकोटका निवर्तमान अध्यक्ष पवन नेपालले संयुक्तरुपमा टिका र खादा लगाई प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थागत र व्यक्तिगत रुपमा आबद्ध सदस्यहरुबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको महासङ्घले जनाएको छ  ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकाका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रूपमा स्थापित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति विज्ञ, र व्यवसायीहरूको छाता संगठनको रुपमा क्रियाशिल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.