राष्ट्रिय गोपनीयता सरकारले नै भंग गरेपछि

साउन ९, २०७३ मा प्रकाशित | 1175 views

राष्ट्रिय गोपनीयता सरकारले नै भंग गरेपछि

९ साउन, काठमाडौं ।
युरेनियम उत्खनन तथा सम्भाव्यता अध्ययनसम्बन्धी अति संवेदनशील निर्णय सार्वजनिक गरेर सरकारले नै रााष्ट्रिय गोपनीयता भंग गरेको छ । कारोबार दैनिकमा समाचार छ।

मुस्ताङको लोमान्थाङमा भेटिएको युरेनियम खानीको सुरक्षामा नेपाली सेना परचालन गर्ने सरकारको  निर्णय सार्वजनिक हुँदा मुलुकले अपानाउनुपर्ने गोपनीयता छताछुल्ल भएको हो।

सैनिक उच्च अधिकारी पनि आन्तरिक रुपमा परिपत्र गरेर सुरक्षा फोज तैनाथ गर्नुपर्ने विषयलाई सरकारले बाहिर ल्याएकोमा असन्तुष्ट देखिएका छन्।

‘युरेनियम लगायत सम्भावित खानी क्षेत्रको सुरक्षामा सेना परिचालन गर्ने निर्णय सकरात्मक भएपनि यस्तो निर्णय उजागर गर्नु आवश्यक थिएन,’ पूर्व रथी सीबी गुरुङले भने।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमन्त्री सोमप्रसाद पाण्डेको प्रस्तावमा युरेनियम रहेको क्षेत्रको सुरक्षामा सेना तैनाथ गर्ने निर्णय गरेको छ। औपचारिक रुपमा पत्र पाएपछि त्यस क्षेत्रमा जनशक्ति परिचालन गर्ने सैनिक मुख्यालयले जनाएको छ।

युरेनियमको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकिलो २२ करोड अमेरिकी डलरसम्म पर्छ। नेपालमा मुस्ताङ लगायतका अन्य स्थानमा ५० टन भन्दा बढी युरेनियम उत्पादन  गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web