छात्र–छात्रा सहभागी अन्तरविद्यालय जिल्लास्तरीय चौथो NUFC कप–२०८१ हुदै

मंसिर १५, २०८१ मा प्रकाशित | 742 views

त्रिशूली । नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) को आयोजनामा नुवाकोटमा ‘छात्र–छात्रा सहभागी अन्तरविद्यालय जिल्लास्तरीय चौथो एनयुएफसी कप–२०८१’ हुने भएको छ ।

आगामी पुस १ गते सोमबारबाट प्रतियोगिता सञ्चालन गर्न लागिएकाले सहभागी हुनको लागी आयोजक नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) ले जिल्लाभरका विद्यालयलाई टिम सहभागी गराउन पत्राचार गरेको अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिनुभयो ।

नुवाकोटको फुटबल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान सहित प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले यही मंसिर २७ गते साँझ ७ बजेसम्म टिम दर्ताको लागी विद्यालयलाई पत्राचार गरेको हो ।

क्लबका सचिव रबिन्द्र भुजेलको अनुसार टिम दर्ताको लागी छात्र (पुरुष) टिमलाई ६ हजार र छात्रा (महिला) टिमलाई ४ हजार शुल्क राखिएको छ । टिम दर्ता पश्चात आयोजकले एक थान म्याच बल समेत उपलब्ध गराउने भएकाले समयमै टिम दर्ता गरेर बल प्राप्त गरी प्रतियोगितामा सहभागिताको लागी तयारी गर्न लाग्न आयोजक NUFC ले विद्यालयहरुलाई आग्रह गरेको छ ।

प्रतियोगितामा प्रथम हुने छात्र टिमले ३० हजार र छात्रा टिमले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै दोश्रो हुने छात्र समूह १५ हजार र छात्रा समूहले ७ हजार ५०० सहित सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै, प्रतियोगितामा अन्य विभिन्न विधामा समेत नगद रुपैयाँ सहितको सम्मानको व्यवस्था गरिएको छ । जस अन्तरगत फेयर प्ले टिमले ट्रफी, प्रमाणपत्र सहित पाच हजार नगद प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडी, उच्च स्कोर गर्ने खेलाडी, उत्कृष्ट गोल किपर, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले ट्रफी, प्रमाणपत्र सहित एक हजार पाचसय रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक नुवाकोट युनाइटेड फुटबल (NUFC) का कोषाध्यक्ष कबिन्द्र कोइरालाले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतियोगिताको ‘प्लेयर अफ दी म्याच’ले टिसर्ट प्राप्त गर्न सक्नेछ ।

नुवाकोटमा सञ्चालन हुदै आएका प्रतियोगिता मध्ये उत्कृष्ट व्यवस्थापन सहित निश्पक्ष रुपमा प्रतियोगिता सञ्चालन गरेर विवाद रहित रुपमा उत्कृष्ट छबी बनाउदै आएको नुवाकोट युनाइटेड फुटबल क्लब (NUFC) को आयोजनामा हुने प्रतियोगिताको लागी जिल्लाको सबै पालिकाबाट टिम दर्ता भएर उत्कृष्ट प्रतियोगिता बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web