विदुर । नुवाकोटको दुप्चेश्वर गाँउपालिकामा निर्माण गरिएको बुद्धभूमि जलविद्युत आयोजनाको काम सम्पन्न भएर केन्द्रीय प्रशारण प्रणालीमा विद्युत जोडिएको चार वर्ष भइसक्यो । तर, यही आयोजना निर्माणको लागी दुप्चेश्वर गाँउपालिका–५ भ्याङ्लेमा खडा गरिएको क्रसर भने हालसम्म पनि सञ्चालनमा रहेको छ । यो क्रसर आयोजनाको लागी निर्माण सामाग्रि उपलब्ध गराउन नभई धन, बल र शक्तिको तागतमा प्रशासनलाई हातमा लिनेहरुले सञ्चालन गरिरहेको हो । अबैध रुपमा सञ्चालित उक्त क्रसर सरकारी जग्गामा राखिएको छ ।
आयोजनाले विद्युत उप्पादन हुनु एक वर्ष अघि नै भौतिक संरचनाको निर्माण कार्य पूरा गरेको थियो । तर, सोही समयदेखि अहिलेसम्म पाच वर्षसम्म यो क्रसर अबैध रुपमा सञ्चालन भइरहेको छ । यस सम्बन्धि जानकारी दुप्चेश्वर गाँउपालिका, नुवाकोट प्रशासन र प्रहरीलाई थाहा नै छ तर, आर्थिक लगायतका प्रलोभनमा नियन्त्रणमा ध्यान नदिदा अबैध रुपमा सञ्चालन भइरहेको छ । दुप्चेश्वर गाँउपालिकाको वडा नं. ५ का जनप्रतिनिधिको नाम नै अबैध क्रसर सञ्चालनमा जोडिने गरेको स्थानीयबासीको गुनासो छ ।
गाँउपालिकाले यसमा कुनै स्वार्थमा परेर चासो नदिएको आरोप छ । क्रस सञ्चालन भइरहेको जानकारी, यसले पुराउदै आएको असर, राजश्व छली, अबैध दोहनका सम्बन्धमा समुन्द्रटार चौकी र इलाका प्रहरी कार्यालय खरानीटारमा विभिन्न रुपमा उजुरी परेपनि रोक्नको लागी पहल भएको पाइन्न । स्थानीयबासी भन्छन् “क्रसर चलाउन सुरक्षा दिन र जिल्लाका प्रहरी आउदा बन्द गराउन खरानीटार र समुन्द्रटारका प्रहरी नै खटिन्छन् ।”
बुद्धभूमि जलविद्युत आयोजनाले भने आफूहरुको निर्माणको अवधि पूरा भएदेखि नै उक्त क्रसर आवश्यक नभएको जनाएको छ ।
अबैध रुपमा सञ्चालनमा रहेको क्रसरको ताजा दृष्य :