उखुको समर्थन मूल्य निर्धारण

मंसिर १४, २०८१ 2024-11-29 मा प्रकाशित
Published at 2024-11-29

52 views

काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

यसअनुसार अब किसानले उखुमिल अर्थात उद्योगीबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि यसबारे निर्णय हुन बाँकी छ ।

देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.