नेपालले अफगानिस्तानलाई १ सय ८ रनले हरायो

मंसिर १०, २०८१ 2024-11-25 मा प्रकाशित
Published at 2024-11-25

66 views

काठमाडौँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जीत हासिल गरेको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले हरायो ।

नेपालले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमात्र बनाउन सक्यो । अफगानिस्तानका अबसिन सेलाबले सबैभन्दा धेरै ५३ रन बनाए । नेपालका सुनिल मगरले ३ विकेट लिए ।

यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय २८ रन बनायो । नेपालका पदम बडैलाले नटआउट ९२, नरेश चौधरीले नटआउट ७२ रन बनाए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.