नेपाल बङ्गलादेशसँग ६७ रनले पराजित

मंसिर १०, २०८१ 2024-11-25 मा प्रकाशित
Published at 2024-11-25

66 views

काठमाडौँ । पाकिस्तानमा चलिरहेको चौथो नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हिजो लाहोरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ६७ रनले पराजित भयो ।

यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ७० रनले पराजित भएको थियो । बङ्गलादेशले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि भरत थापाले सर्वाधिक ३१ रन बनाए । बङ्गलादेशका अस्मोत अलीले २ विकेट लिए । त्यसअघि बङ्गलादेशले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो ।

बङ्गलादेशका आरिफ हुसेनले ५४ रन बनाए । नेपालका सुनिल मगर, भरत थापा, अमिस गुरागाईँ र दुर्गादत्त पौडेलले समान एक–एक विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल आज अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.