चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न

मंसिर ८, २०८१ मा प्रकाशित | 428 views


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीकाे अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

तीन वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १ सय ६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीन वटै आयोजनाबाट उत्पादित बिजुली रसुवाको आमाछोदिङमो गाउँपालिकाकाे थम्बुचेतमा रहेकाे प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

१४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाटको साञ्जेन र १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् ।

यसमध्ये माथिल्लो साञ्जेन गएकाे वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा बिजुली उत्पादन गरी अहिलेसम्म झन्डै ३० करोड रुपैयाँको बिजुली बिक्री गरिसकेको छ । ४२ दशमलव ५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा बिजुली उत्पादन शुरू गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web