नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने

मंसिर ८, २०८१ 2024-11-23 मा प्रकाशित
Published at 2024-11-23

64 views

काठमाडौँ । पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घका अनुसार लिगमा काठमाण्डौसहित ६ वटा शहर पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवलबाट टोलीले प्रतिनिधित्व गर्नेछन् ।

नेपाल कबड्डी लिगको लोगो र ट्रफीसमेत सार्वजनिक गरिएको छ । माघमा हुने लिगको यकिन मिति भने घोषणा भएको छैन । लिगका लागि सातवटा प्रदेशबाट एक सय दश जना खेलाडी छनोट भएका छन् ।

यी खेलाडी ६ फ्रेन्चाइज टिमका लागि उपलब्ध हुनेछन् । विदेशी खेलाडीको पनि सहभागिता रहने तर अहिलेसम्म यसको टुङगो नलागेको आयोजक अस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ ।

कुनै समय नेपालको राष्ट्रिय खेल भनेर चिनिने कबड्डी लिग हुने भएसँगै फेरि चर्चामा आउन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.