सुनको भाउ तोलाको एक लाख ६४ हजार रुपैयाँ

मंसिर ६, २०८१ मा प्रकाशित
Published at मंसिर ६, २०८१

225 views

काठमाडौँ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६३ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.