विदुर । बागमती प्रदेससभा सदस्यमा निर्वाचित भएर आर्थिक मामिला तथा योजना मन्त्रालय (अर्थमन्त्री) हुदैँ मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका बहादुरसिंह लामा (तामाङ)ले नुवाकोटमा एकै आर्थिक वर्षमा तीन अर्ब भन्दाबढी बजेट भित्र्याउनुभएको छ ।
आर्थिक वर्ष २०८०–८१ को एक आर्थिक वर्ष (जति समयमा उहाँ प्रदेस अर्थमन्त्री हुदाँको बखत)मा ३ अर्ब ६ करोड २५ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट नुवाकोटमा भित्र्याउनुभएको हो ।
प्रदेसमा उहाँ अर्थमन्त्री र केन्द्रमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने डा.प्रकाशरण महत संघीय सरकारको अर्थमन्त्री हुदाँको बखत नुवाकोटमा बजेट धेरै बिनियोजन गरिएको भन्दै संसद्मा प्रश्न समेत उठेको समयमा बागमती प्रदेस सरकारबाट नुवाकोटमा बहादुरसिंह लामा (तामाङ)को पहलमा ३ अर्ब भन्दाबढी बजेटको श्रोत सुनिश्चित गराई योजना तर्जुमा भएको हो ।
तर्जुमा भएको मध्ये केही बहुबर्षिय योजना अन्तरगत क्रमशः हरेक वर्ष नियमित रुपमा बजेट आइरहेको छ भने प्राप्त भएको बजेटको सही रुपमा कार्यान्वयन समेत भइसकेको छ ।
जिल्ला भित्रिएको बजेटको उहाँको नियमित रुपमा चासो र सक्रिय अनुगमन मार्फत शतप्रतिशत कार्यान्वयन भएको हो ।
आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याउदाको बखत उहाँ सरकारको नेतृत्व भन्दा बाहिर भएका कारण अपेक्षा अनुसार बजेट प्राप्त हुन सकेन । बहादुरसिंह लामा अहिले बागमती प्रदेस सरकारको नेतृत्व अर्थात मुख्यमन्त्रीमा रहेकाले यसबीचमा थप बजेट भित्र्याउन पहल भइरहेको उल्लेख छ ।
त्यसको लागी रकमान्तर गर्न सकिने बजेट, थप गर्न सकिने बजेट र विगतमा काटिएका योजनालाई थप गरेर बजेटको श्रोत सुनिश्चितको लागी प्रयास भइरहेको बागमती प्रदेसको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार बहादुरसिंह लामा (तामाङ)को पहलमा आर्थिक वर्ष २०८०–८१ मा प्रदेस अर्थमन्त्री रहदाँको समयमा श्रोत सुनिश्चित भएका तथा योजना तर्जुमा भएका योजनाको सङ्ख्या २२ वटा रहेका छन् ।
ती योजनाको विवरण, बिनियोजित बजेटको सूची यस प्रकार रहेको छ :