भीमसेन माविका विद्यार्थीलाई ‘जीवन उपयोगी सिप विकास सम्बन्धि तालिम’ प्रदान

कार्तिक ३०, २०८१ मा प्रकाशित | 172 views

भीमसेन माविका विद्यार्थीलाई ‘जीवन उपयोगी सिप विकास सम्बन्धि तालिम’ प्रदान

बट्टार । विदुर नगरपालिकाले भीमसेन माविमा अध्ययरत ३३ जना विद्यार्थीलाई ‘जीवन उपयोगी सिप विकास सम्बन्धि तालिम’ प्रदान गरेको छ ।
विदुर नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम मार्फत भिमसेन मावि विदुर–२ बट्टारमा माध्यमिक तहमा अध्ययनरत ३३ जना विद्यार्थीलाई उक्त तालीम प्रदान गरेको हो ।

यही कात्तिक २६ गतेदेखि सुरु भएर ३० गते आयोजित समापन कार्यक्रममा सहभागी विद्यार्थीलाई नगरप्रमुख राजन श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभयो ।
तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले विद्यार्थीलाई विद्यालयको पाठ्यक्रममा आधारित शिक्षा मात्र नभई उनीहरुको सर्वाङ्गिण विकासको लागी नगरपालिकाले थप योजना तथा कार्यक्रम मार्फत उनीहरुलाई विभिन्न तालिम र सिप प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

‘जीवन उपयोगी सिप विकास सम्बन्धि तालिम’ पनि नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक श्रोतबाट बजेट उपलब्ध गराई प्रदान गरिएको हुदाँ तालिममा सहभागी भएका विद्यार्थीलाई सिकेको सिप तथा ज्ञानलाई ब्यबहारमा उतार्न र घरपरिवार हुदै समाजमा समेत पु-याउन अनुरोध गर्नुभयो ।

विदुर नगरपालिकाको महिला तथा बालिका शाखाको आयोजनामा सञ्चालन गरिएको ‘जीवन उपयोगी सिप विकास सम्बन्धि तालिम’मा प्रशिक्षकको रुपमा अधिवक्ता गरिमा पाण्डे, त्रिशूली अस्पतालका डा.कैलाश विश्वकर्मा, महिला तथा बालिबालिका शाखामा कार्यरत कर्मचारीहरुले विद्यार्थीलाई किशोर किशोरी अबस्थामा हुने स्वास्थ्य सम्बन्धि जानकारी, कानूनी जानकारी, बाल अधिकार, भविष्य निर्माणको लागी अपनाउनुपर्ने ब्याबहार तथा आचरण सहित सुनौलो भविष्यको योजना निर्माण लगायतका सम्बन्धमा जानकारी गराएको तालिम संयोेजक सुस्मिता पोखरेलले जानकारी दिनुभयो । 

कार्यक्रमको समापनमा विदुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रसंग सम्बन्धित थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web