७ साउन, काठमाडौं ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखआयुक्त लोकमानसिहं कार्की तथा पदाधिकारीहरुलाई सोधपुछका लागि समितिमा बोलाउने निर्णय गरेको छ ।

बैठकले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारको संलग्नतालगायतका विषयहरुमा सोधपुछका लागि आइतवार बिहान ८ बजे प्रमुखआयुक्त लोकमानसिहं कार्की लगायतका पदाधिकारीहरुलाइ बोलाएको समितिका सभापति मोहनसिहं राठौरले जानकारी दिनु भयो । ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको दाबी गर्दै आएका छन् ।

केसीले उठाएका विषयबस्तु र उनका मागबारे संसदमा छलफल हुनुपर्ने भन्दै सांसद गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको थियो ।

समितिको बैठकमा सदस्यहरुले अख्तियार र काठमाडौं विश्वविद्यालयबीच प्रवेश परीक्षामा मिलेमतो भएको आशंका गर्दै छानबिन गर्न माग गर्नु भएको थियो ।

16.12¡ÆC