साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

कार्तिक १४, २०८१ 2024-10-30 मा प्रकाशित
Published at 2024-10-30

167 views

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो ।

खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्‍याएकी थिइन् । तर खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए ।

यसअघि ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट वञ्चित भयो । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.