सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो

कार्तिक १४, २०८१ 2024-10-30 मा प्रकाशित
Published at 2024-10-30

134 views

काठमाडौँ । सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ ।

आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार एक सय बीस रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.