सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ

कार्तिक १३, २०८१ मा प्रकाशित | 283 views


काठमाडौँ । आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति गएको आइतवार सुन तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । विशेषगरी तिहारको धनतेरसका दिन सुनचाँदीलगायत अन्य धातुको सामग्रीको किन्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web