अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

कार्तिक ६, २०८१ मा प्रकाशित | 319 views


काठमाडौँ । अमेरिकी डलर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य एक सय ३४ रुपैयाँ ८२ पैसा तोकेको छ । त्यस्तै खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा रहेको छ । याे भाउ अहिलेसम्मकै उच्च हो ।

डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड बनिरहँदा नेपाली मुद्रा निरन्तर कमजोर बनेको छ । यसअघि हिजो अमेरिकी डलरको विनिमय दर एक सय ३४ रुपैयाँ ८१ पैसा थियो । पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो ।

डलरको भाउ बढेपछि भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घटेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web