गौरापार्वती सामुदायिक स्वास्थ्य केन्द्रमा डाक्टर, ल्याब, एक्सरे र भिडियो एक्सरे सेवा विस्तार गर्ने प्रतिबद्धता

कार्तिक ४, २०८१ मा प्रकाशित | 437 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’को पहलमा वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजन र स्विस नागरिक बर्नहार्ट बुलर र टिमको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित तारकेश्वर–२ को गौरापार्वती सामुदायिक स्वास्थ्य केन्द्रको आज अध्यक्ष अधिकारी, समाजसेवी लम्साल र बुलर सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

अनुगमनपछि स्विस नागरिक बुलरले स्वास्थ्य केन्द्रको सेवालाई अझ प्रभावकारी बनाउन एमबिबिएस डाक्टरको दरबन्दीका साथै रक्त परीक्षण प्रयोगशाला निर्माण एवं एक्सरे र भिडियो एक्सरे मेसिन जडान गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष अधिकारीले आफ्नो तारकेश्वर विकास अभियानका सहयात्रीद्वय आदरणीय मोहन लम्साल र बर्नहार्ट बुलरप्रति हार्दिक आभार प्रकट गर्दै विदेशी सहयोगमा आफूले सुरु गरेका विकासका अभियानहरु निरन्तर अघि बढ्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web