धुर्मुस सुन्तली फाउण्डेसनलाई बलेवा सेवा समाज जापानको सहयोग

साउन ७, २०७३ मा प्रकाशित | 1139 views

७ साउन, टोकियो ।
सामाजिक संस्था बलेवा सेवा समाज जापानले कलाकार शिताराम कट्टेल र कुञ्जना घिमीरेद्वारा संचालित धुर्मुस सुन्तली फाउण्डेसनलाई भूकम्प पीडित वस्ति पुर्ननिर्माणको लागि आर्थिक सहयोग गरेको छ ।

संस्थाले सामाजिक उत्थानका कार्यमा सहयोग पुगोस भन्ने हेतुले सो फाउण्डेसनलाई संकलित रकम कुल १ लाख ५२ हजार रूपयाँ हस्तान्तरण गरेको हो ।

संस्थाका उपाध्यक्ष राजु केसीले धुर्मुस सुन्तली फाउण्डेसन द्वारा निर्माणाधिन नमुना बस्ती, गिराउन्चौर एकिकृत बस्ति निर्माण अवलोकन गरी शिताराम कट्टेल-धुर्मुसलाई प्रत्यक्ष भेटेर रकम हस्तान्तरण गर्नु भएको हो ।

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भुकम्प पश्चातका भुकम्प पीडितहरुलाई सक्दो सहयोग गर्न धुर्मुस सुन्तली फाउण्डेसन कृयाशील रहेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनको तर्फबाट बलेवा सेवा समाज जापान र संस्थाको अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सगयोगी मनहरूलाई संस्थाले धन्यवाद समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web