
बट्टार । नुवाकोटमा चलचित्र ‘१२गाउँ’ प्रदर्शनमा आएको छ। जगदम्बा चलचित्र मन्दिर बट्टारमा कार्तिक २ गतेदेखि चलचित्र ‘१२गाँउ’ प्रदर्शनमा आएको हो।
उक्त हलमा दैनिक चारवटा शो हेर्न सकिने जगदम्बा चलचित्र मन्दिर बट्टारका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार हलमा बिहान ८:१५, मध्यान्ह १२:००, अपरान्ह ३:३० र साँझ ६:३० बजे फिल्म प्रदशर्नी हुनेछ ।
देशका विभिन्न हलमा चलचित्र ‘१२ गाउँ’ रिलिजदेखि नै हाउसफूल हुदै आएकाले नुवाकोटमा पनि १२ गाँउको प्रदर्शनीमा दर्शकको उल्लेख सहभागिता हुने अपेक्षा गरिएको छ ।
दशैको फूलपातीका दिन रिलिज भएको चलचित्रलाई अहिले धेरैले मन पराउदै आइरहेकाले बट्टारमा बिहीबारसम्म छक्कापञ्चा-५ प्रदर्शनी भईरहेकोमा शुक्रवारदेखि १२ गाँउ सुरु गरिएको हो ।
विगतमा हल नियमित हुन नसकेकोमाअहिले भने नयाँ ब्यबस्थापनमा व्यबस्थित साउण्ड सिस्टम, आकर्षक सिट सहितको राम्रो प्रबन्ध मिलाइएको हल सञ्चालक इन्द्र लामा (थिङ)ले जानकारी दिनुभयो ।
बिराज भट्टको लेखन तथा निर्देशन रहेको ‘१२ गाउँ’मा समीर भट्टले डेब्यु गरेका छन् । समीर बिराजका छोरा हुन् । समीरसँगै बिराज मुख्य भूमिकामा छन् ।
22.33¡ÆC