प्राकृतिक विपत्तिले १० वर्षमा ३५ लाख नेपाली विस्थापित

कार्तिक २, २०८१ मा प्रकाशित | 296 views


काठमाडौँ । नेपालमा प्राकृतिक विपत्तिका कारण पछिल्लो १० वर्षमा ३५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

आन्तरिक विस्थापन अनुगमन केन्द्र (आईडीएमसी) को तथ्यांक अनुसार सन् २०१४ देखि २०२३ सम्म ३५ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका हुन् । यो तथ्यांकमा हालैको बाढी–पहिरोका कारण विस्थापितको संख्या समावेश छैन ।

त्यसमध्ये सबैभन्दा धेरै मानिस २०७२ साल (सन् २०१५) को भूकम्पका कारण विस्थापित भएको देखिएको छ । त्यस वर्षको भूकम्पका कारण २६ लाख मानिस विस्थापित भएको केन्द्रको तथ्यांकमा छ । त्यसबाहेक अन्य भूकम्पका कारण थप १ लाख मानिस विस्थापित भएका छन् ।

भूकम्पपछि नेपालमा विस्थापनको कारण बाढी देखिएको छ । बाढीका कारण गत १० वर्षमा ७ लाख १९ हजार मानिस विस्थापित भएको तथ्यांक छ ।

त्यस्तै, पहिरो तथा हिमपहिरो (वेट मास मुभमेन्ट) लगायत कारण ५० हजार, आँधीबेहरीका कारण २४ हजार र डढेलोका कारण १ हजार ४ सय मानिस आन्तरिक रूपमा विस्थापित भएको तथ्यांक पनि आईडीएमसीले संकलन गरेको छ ।

सन् २०१५ पछि सबैभन्दा बढी विस्थापन २०१७ मा भएको थिया । त्यस वर्ष ३ लाख ८४ हजार मानिस विस्थापित भएका थिए ।

गत वर्ष २०२३ मा मात्रै प्राकृतिक विपदका कारण १ लाख १० हजार मानिस विस्थापित भएका थिए । त्यसमध्ये १ लाख ७ हजार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण विस्थापित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web