विदुर । नुवाकोटको ककनी गाँउपालिका स्थानीयतह सँस्थागत क्षमता मुल्याङ्ककन (लिजा)मा नुवाकोटमा पहिलो भएको छ । आर्थिक वर्ष २०७९-८०मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिएको गुणस्तर परीक्षण अन्तरगत (लिजा)मा नुवाकोटको ककनी गाँउपालिका जिल्लामा नै उत्कृष्ट भएको हो ।
देशको अबस्था र व्यवस्था बदल्नको लागी भएको जनयुद्ध (विसंं २०५२–६२) मा योगदान पुराउनुभएका सुमन तामाङ (सज्जन) अध्यक्ष रहेको ककनी गाँउपालिका सँस्थागत क्षमता मुल्याङ्ककन (लिजा)मा नुवाकोटमा उत्कृष्ट भएसगैँ जनयुद्धका सफल कमाण्डर सज्जनले शासन सञ्चालन तथा जनतालाई सेवा प्रवाहमा पनि उत्कृष्ट काम गरेर देखाउनुभएको हो ।
आव २०७९-८० को सँस्थागत क्षमता मुल्याङ्ककन (लिजा)मा ककनी गाँउपालिकाले प्रथम भएको थियो भने लिखु गाँउपालिका दोश्रो भएको हो । दुवै गाँउपालिकालाई जिल्ल्ला समन्वय समिति नुवाकोटले आइतबार विदुरमा आयोजना गरेको गएको आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा कार्यक्रममा सम्मान पत्र प्रदान प्रदान गरेको छ । कार्यक्रमको प्रमुख अतिथी हितबहादुर तामाङले ककनी गाँउपालिका अध्यक्ष सज्जनलाई सम्मान गर्दै आगामी दिन थप उत्कृष्ट काम गरेर माओवादी केन्द्रका प्रतिनिधिले जनताको सेवा प्रवाहमा पनि उत्कृष्ट काम गर्छन भन्ने पुष्टि गर्नलाई आग्रह गर्नुभयो ।
जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो र प्रभावकारी बनाई संघीय शासन प्रणालीलाई सुदृढीकरण गर्न तथा सुशासन, विकास र समृद्धिको आकाक्षा पुरा गर्न आगामी दिन ककनी गाँउपालिका अझै प्रतिबद्ध रहेको अध्यक्ष सज्जनले बताउनुभयो । संविधान प्रदत्त अधिकारहरूलाई कार्यान्वयन गर्न र त्यसको संस्थागत विकास गरी सेवाहरूलाई नियमित, गुणस्तरीय, प्रभावकारी र भरपर्दो बनाउन आफूहरु अझै निरन्तर क्रियाशील हुने उहाँको प्रतिबद्धता छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका पालिकाको सेवा तथा तथ्याङ्क चुस्तदुरुस्तसंग सम्बन्धित विभिन्न १० वटा विषयक्षेत्रहरु समावेश गरेर नम्बर दिने गरिएको छ ।
नम्बर दिनको लागी मन्त्रालयले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका दश शिर्षक बनाएर नं. दिने गरेको छ । ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् ।
प्रत्येक सूचकका लागि एक÷एक अङ्क निर्धारण गरिएको हुनेछ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको स्थानीयतह सँस्थागत क्षमता मुल्याङ्ककन (लिजा)मा नुवाकोटमा आव २०७९-८० मा उत्कृष्ट भएको हो ।