ट्याक्सी किन्न २५ सय भन्दाबढी भूकम्प पीडितको आवेदन

साउन ७, २०७३ मा प्रकाशित | 1054 views

काठमाडौं,साउन ७ । सरकारले भूकम्प प्रभावितका लागि नयाँ ट्याक्सी दता गर्न आवेदन खुलाएको दुई दिनमै २५ सय भन्दा बढीले आवेदन दिएका छन् । बुधबार एक हजार १०२ र बिहीबार एक हजार ४०० गरी दुई हजार ५०२ आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, सानारठूला सवारी, वाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए ।

‘यही गतिमा आवेदन दर्ता भएमा एकमहिने अवधिमा १५ हजारभन्दा बढी ट्याक्सीका लागि आवेदन दर्ता हुने देखिन्छ, लामो समयदेखि दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्’– उनले भने ।  चौध वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ । ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । (कारोबार दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web