सुनको भाउ तोलाको एक लाख ६१ हजार नाघ्यो

अशोज ११, २०८१ 2024-09-27 मा प्रकाशित
Published at 2024-09-27

155 views

काठमाडौँ । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउ निरन्तर बढीरहेको छ ।

यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.