एक महिनामै भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

अशोज १०, २०८१ 2024-09-26 मा प्रकाशित
Published at 2024-09-26

139 views

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ ।

यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ ।

यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.