सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ

अशोज ७, २०८१ मा प्रकाशित | 214 views


काठमाडौँ । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web