एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा

अशोज ५, २०८१ मा प्रकाशित | 230 views


काठमाडौँ । करातेकी एरिका गुरुङले अर्को इतिहास रचेकी छन् । गएको वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेकी हुन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छन् ।

नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले हराइन् । गएको वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक उनलाई क्वाटरफाइनलमा हराएकी थिइन् ।

महिला ६८ किलोमाथि तौलसमूहमा हिजो भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै एरिका फाइनल पुग्न सफल भइन् । एरिकाले भोलि फाइनल खेल्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web