तारकेश्वरमा घुमन्ते र पोके व्यावसायीलाई निषेध, अटेर गरे कारबाहीको चेतावनी

अशोज ४, २०८१ 2024-09-20 मा प्रकाशित
Published at 2024-09-20

543 views

दाङसिंह । नुवाकोटको तारकेश्वर गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गाँउपालिका क्षेत्रभित्र घुमन्ते तथा पोके व्यापारीलाई निषेध गरिएको सूचना जारी गर्नुभएको छ ।
चाडपर्व नजिकिएसगैँ दर्ता नभएका तथा नचिनिएका व्यक्तिहरु गाँउमा प्रवेश गर्ने र सोझासिधा जनतालाई कमसल सामाग्रिलाई महङ्गो मूल्यमा विक्री गर्दै ठग्ने प्रवृत्ति बढेको गुनासो चौतर्फी आएपछि अध्यक्ष अधिकारीले पोके तथा घुमन्ते व्यापारी निषेधित क्षेत्र रहेको सूचना जारी गर्नुभएको हो ।

गाँउपालिका अध्यक्ष अधिकारीले घुमन्ते र पोके व्यावसाय गर्ने व्यक्तिहरूले पालिका भित्रका वस्तीहरुमा पुगेर अखाद्य, गुणस्तरहीन र म्याद गुर्जिएका सामान बिक्री गर्ने, सोझासिधा जनतालाई विभिन्न प्रलोभन देखाई महङ्गो मूल्य लिएर ठगि गर्ने, गाँउ पसेका उनीहरुले सामानहरू चोरी गर्ने तथा काूननले निषेध गरेका सामाग्रिको निकासी वा बेचबिखन गर्ने गुनासो आएपछि त्यस्ता व्यक्ति तथा ब्यापारीलाई गाँउपालिका क्षेत्रभित्र ब्यापार गर्न रोक लगाएको सूचना जारी गर्नुभएको छ ।

गाँउ–बस्तीमा पुग्ने पोके तथा घुमन्ते ब्यापारीले पसल तथा ब्यावसाय दर्ता नगर्ने, राजश्व नतिर्ने, कर छली गर्ने, व्यावसाय सञ्चालनको लागी गाँउपालिकाको उद्योग शाखामा दर्ता गर्नुपर्ने नियमको पालना नगर्ने हुदाँ उनीहरुको गैह्रकानूनी क्रियाकलापबाट पालिका भित्र जिम्मेवार भएर ब्यावसाय गर्ने व्यावसायीलाई असर परेको गुनासो आएपछि बाध्य भएर तारकेश्वरका अध्यक्ष शिव अधिकारी (अविरल)ले घुमन्ते र पोके ब्यापारी निषेधित क्षेत्र भएको सूचना निकाल्नुभएको हो ।

गाँउपालिकाबासीको माग, जिम्मेवार ब्यावसायीको गुनासो र करछली तथा अबैध सामाग्रि ब्यापार गरेर सोझासिधा पालिकाबासीलाई ठग्ने लगायतका गैह्र कानूनी कार्य रोक्न निषेधित क्षेत्र घोषणा गरे पश्चात कोही–कसैले त्यसको उल्लघंन गरेमा नियन्त्रणमा लिएर कारबाहीको लागी प्रहरीमा बुझाउने चेतावनी समेत दिइएको छ ।

नुवाकोट उद्योग बाणिज्य संघले जिल्लामा पोके ब्यापारी निषेधित क्षेत्र घोषणा गरेपनि त्यसको कार्यान्वनय नहुदाँ जिल्लाको तारकेश्वर लगायतका पालिकाहरुमा अबैध ब्यापारीको गतिविधि बढ्दै गएको छ । जसको कारण गाँउघरका सोझासिधा नागरिकहरु ठगिनेक्रम बढेपछि तारकेश्वर गाँउपालिकाले निषेधित क्षेत्र घोषणा गर्दै अटेर गरेमा काराबहीको चेतावनी दिएको हो ।

तारकेश्वर गाँउपालिकाले जस्तै नुवाकोटको अन्य पालिकाहरुले पनि यस्तै कदम चाल्नुपर्ने देखिएको छ भने उद्योग बाणिज्य संघले पनि आफ्नो घोषित कार्यक्रम अनुसार पोके ब्यापारी निषेधित क्षेत्रको कार्यान्वयनको लागी सक्रिय हुनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.