
त्रिशूली । आसन्न दशै, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नुवाकोटमा सवारी दुर्घटना न्युनिकरण गर्न चालकलाई पाचबुँदे प्रतिबद्धता जनाउन लगाउन थालिएको छ ।

असोज ३ गते बिहीबार जिल्लाको मुख्य बजार बट्टारमा आयोजित एक कार्यक्रमको बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सञ्चालनमा ल्याएको ‘चालकको प्रतिवद्धता कार्यक्रम’ अन्तरगत चालकलाई पाचबुँदे प्रतिबद्धता जनाउन लगाउदै जिम्मेवार बनाउन थालिएको हो ।
चालकको प्रतिवद्धता कार्यक्रमको सुरुवात गर्दै विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको उपस्थितीमा चालकहरुको तर्फबाट शेखर गुरुङले सयुक्त रुपमा पाच बुँदे प्रतिबद्धता पत्र पढेर कार्यान्वयमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
बिहीबारदेखि सुरु भएको ‘चालकको प्रतिवद्धता कार्यक्रम’ अन्तरगत पहिलो दिन नुवाकोट हुदै आउजाउ गर्ने तीनसय वटा सवारीसाधनका चालकलाई प्रतिबद्धता जनाउन लगाइएको नुवाकोट ट्राफिक प्रहरी प्रमुखका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार विशेष गरेर सार्वजनिक सवारीसाधनका चालकलाई लक्षित गर्दै प्रबिद्धता जनाउन लगाइएको छ भने निजी सवारीसाधनका चालकलाई पनि अभियानमा सहभागी गराइएको छ ।
यस्तो छ चालकले जनाउने पाच बुँदे प्रतिबद्धता पत्र :

नुवाकोट ट्राफिकले सार्वजनिक सवारीसाधनमा चालक प्रवेश गर्ने ढोकामा नै प्रतिबद्धता पत्र टाँस गरेको छ भने सुखद र उत्साहजनक यात्राको कामना गर्दै चालकलाई चकलेट पनि दिइएको छ ।


संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरदेखि कार्यक्रम सुरुवात भएकाले सार्वजनिक सवारीसाधनमा राष्ट्रिय झण्डा समेत फहराउन नुवाकोट ट्राफिकले झण्डा समेत वितरण गरेको थियो ।

आसन्न चाडपर्वको समयमा सार्वजनिक यातायातका साधनले छिट्टो गुड्ने, क्षमताभन्दा धेरै यात्रु राख्ने, गलत प्रतिस्पर्धा गर्ने, आफ्नो साधनको अवस्था जाँच गर्न समय नहुने तथा नगर्ने, यात्रुमैत्री व्यावहार नगर्ने लगायतका सम्भावित व्यावहार सुधारको लागी पाच बुँदे प्रतिबद्धताबाट सुधार हुदै दुर्घटना न्यूनिकरण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नुवाकोट ट्राफिकले सुरु गरेको अभियान निकै राम्रो र आफूहरुको लागी सचेत गराउने कार्यक्रम भन्दै पाच बुँदे प्रतिबद्धता जनाउदै चालकहरु पनि खुसी देखिएका छन् भने यात्रुहरुले पनि चालकको जिम्मेवारी प्रति आफूहरुको यात्रा सुरक्षित रहने भन्दै ट्राफिक प्रहरीको अभियान प्रभावकारी कार्य भन्दै प्रशंसा गरेका छन् ।

चाडपर्व लक्षित गर्दै केही दिनमा जिल्लाको मुख्य मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने, ठाँउठाँउमा ट्राफिक नियम पालनाको चेकजाँचमा कडाई गर्ने लगायतका कार्यक्रम सञ्चालनको तयारीमा रहेको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले जानकारी दिनुभयो ।
20.12¡ÆC